एपीवानले रोक्यो भूषण दाहालले दुर्गा प्रसाईंसँग लिएको अन्तर्वार्ता

लोकपथ
378
Shares

काठमाडौं । सञ्चारकर्मी भूषण दाहालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता एपी वान टेलिभिजनले प्रशारण गर्न नदिएको खुलासा गरेका छन् ।

एपी वान एचडीमा ‘ब्राभो द डेल्टा’ मा दाहालले प्रसाईंसँग अन्तर्वार्ता लिएका थिए । तर व्यवस्थापकको हवाला दिँदै अन्तर्वार्ता प्रशारण नगर्ने भएपछि दाहालले आपत्ति जनाएका छन् ।

ट्वीट गर्दै आफ्नो ३५ वर्षे यात्रामा कार्यक्रम हेर्दै नहेरी प्रशारण नभएको पहिलो घटना भएको बताएका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘वाह! लोकतंत्र ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु। आजको कार्यक्रम Sajhakatha youtube channel @ 8pm’

साथै रोकिएको अन्तर्वार्ता साझा कथा युट्यूब च्यानलमा प्रशारण हुने समेत उनले जानकारी गराएका छन् ।

प्रसाईंको नेतृत्वमा भोलि काठमाडौं ठूलो आन्दोलन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?