अवैध लागु औषधसहित सुर्खेत र चितवनबाट पाँच जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । छुट्टा छुट्टै स्थानबाट अवैध लागु औषधसहित पाँच जनालाई  प्रहरीले पक्राउ गरेको छ । सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी ५ जनालाई मंगलबार प्रहरीले पक्राउ परेका हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागुऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन, राप्ती नगरपालिका–५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका–५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागु औषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?