छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । देशको विभिन्न स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

सर्लाही हरिपर नगरपालिका–८ जुटपानीस्थित सडकमा ना.२ क ११० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ९ वर्षीय आदित्य पासवानको मंगलबार साँझ मृत्यु भएको हो ।

बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका पासवानको शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित सडकमा युपी ४५ टी ४५४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीय पप्पु खाँनको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?