काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका–३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृतावस्थामा फेला परेकी छिन् ।
यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका–१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
प्युठानको प्युठान नगरपालिका–८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल पनि सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता ललितपुरको गोदावरी नगरपालिका९११ चापागाउँ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका–२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया