काठमाडौं । भारतले नेपाललाई दिएको उन्नत मुर्रा जातको रांगा आज नेपाल आइपुग्ने भएको छ ।
आज नेपालगंजस्थित रुपैडिया–जमुनाह नाकाबाट मुर्रा जातको रांगा नेपाल आउन लागेको हो ।
भारतले उपहारस्वरुप दिएको १५ वटा मुर्रा राँगा आज दिउँसो १ बजेदेखि २ बजेसम्म नाकामा आइपुग्ने नेपालगंजस्थित पशुु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ती राँगाहरु ट्रकमा ल्याइँदैछ । नेपालमा नस्ल सुधारका लागि ल्याउन लागिएको राँगा स्याहारका लागि एक जना भेटनरी डाक्टर सँगै रहेका छन् ।
ती राँगाहरु एक दिन नेपालगञ्जस्थित होल्डिङ सेन्टरमा राखिनेछ त्यसपछि देशका विभिन्न स्थानमा पठाइनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला भारतले नेपाललाई उपहारस्वरुप १५ वटा मुर्रा जातका राँगा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया