जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना जुवाडे पक्राउ 

लोकपथ
70
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना जुवाडे पक्राउ परेका छन् ।  काठमाडौंका विभिन्न स्थानबाट गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगुसहित ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

साथै, सोही गेस्ट हाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बुसहित १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?