छठका व्रतालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

लोकपथ
112
Shares

जनकपुर । छठ पर्वको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा व्रतालुले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएका हुन् ।

छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्व हो । जसमा सूर्यदेवको पूजा तथा आराधना गरि मनाइन्छ ।

विशेषगरी मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना गरी छठ पर्व मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?