१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
385
Shares

काठमाडौं । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?