काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी नेतृत्वमा गठन गरिएको भनिएको कार्य समितिको कुनै वैधता नरहेको स्पष्ट परेका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन् ।
यसैगरी केही सञ्चारमाध्यमबाट अन्तराष्ट्रिय अडिट कम्पनीलाई जिम्मा दिने निर्णय गरेको भन्ने कुरा आफैमा हास्यास्पद रहेको पनि विज्ञप्तिमा उल्लेख छ । कथित अन्तरराष्ट्रिय कम्पनीलाई जिम्मा दिने भन्ने कुरा धाँधलीको ढाकछोप गर्ने तथा प्रमाण नष्ट गर्ने एक चालबाजी मात्र भएको ठहर छ । त्यस्तो कम्पनीलाई काममा लगाए वापत लाग्ने खर्च संघले नव्यहोर्ने र त्यसको खर्च सम्बन्धित व्यक्तिहरुले नै व्यहोर्नु पर्ने हामी स्पष्ट पार्न चाहन्छौं । त्यस्तै चुनावमा गरिएका अनियमितताहरुको प्रमाण नष्ट गर्न जिम्मेवार कर्मचारी तथा व्यक्तिहरुलाई कानून बमोजिम कारवाही चेतावनी दिइएको छ ।
यस्तो छ, विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया