काठमाडौं । सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार राति कारागारमै खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया