काठमाडौं । बम्पर पुरस्कार हस्तान्तरणको यो रोमाञ्चक हप्तामा एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा संचालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप ७ जना विजयी ग्राहकहरुले १–१ स्कुटर वटा स्कुटर जितेका छन् । एनसेल आजियाटा लिमिटेडले बिहीबार योजनाको अन्तिम स्कुटर वितरण गर्दै सबै ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गर्ने काम सम्पन्न गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधबार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिईन् । अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मङ्गलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरुलाई स्कुटर हस्तान्तरण गरेका थिए ।
यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौंडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधीहरु लेना केशरी कंसाकार (एक्टिङ् सीटीओ), विशाल नेगी (प्रोडक्टस् डाईरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर), र राजेश मानन्धर (कोर प्रोडक्टस् एण्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो ।
साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरु प्राप्त गरेको थियो । “हाम्रो यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हामी एकदमै हौषिएका छौं । यसले ग्राहकहरुले हाम्रा सेवाहरुलाई कसरी लिएका छन् भनेर स्पष्ट झल्काउँछ । हामी हाम्रा ग्राहकहरूलाई सधैं प्राथमिकता राख्छौ र उनीहरूको भावना बुझेर आवश्यक सुधार गर्दछौं,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने ।
यो योजना भाद्र ३१ बाट सुरु भई २८ दिनसम्म चलेको थियो । साप्ताहिक बोनस ब्यालेन्स विजेता र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।
बम्पर पुरस्कार हस्तान्तरणकै अवसर पारी एनसेलले मंगलबार र बुधबार दिउँसो विराटनगर, धनगढी, जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले धरान र जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले धागढी र भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरुबाट सोही दिन रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेका थिए ।
बम्पर पुरस्कार विजेता ग्राहकका नाराहरु
हरेक ग्राहकको आवश्यकतासँग खान्छ मेल, अरु कुनै होइन, एक मात्र एनसेल
एनसेलसँग खुशी साटौं, एक आपस मिलेर बाँचौं
चाहे दिन होस् या रातएनसेल छ साथ आफन्तसँग गरम निर्धक्क बात
डायल, स्माइल एण्ड रिपिट बिथ एनसेल
सम्बन्ध जोड्दै अघि बढ्दै
जति भएनि नयाँ पुराना थरी–थरी
एनसेल नै छ, नेपालीको मनभरी
तिम्रो साथले दिलाउँछ,
आफ्नो पनको आभाष….
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।
सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया