काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालू आर्थिक
वर्षको तीन महिनाको प्रतिवेदन अनुसार आयात बढ्दा निर्यात घटेको देखिएको छ । यसले गर्दा मुलुकको बैदेशिक व्यापार घाटा पनि उच्चरुपमा बढेको छ ।
प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात दुई दशमलव तीन प्रतिशतले घटेर ४० अर्ब ८७ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव ९ प्रतिशत र ९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैकका अनुसार चालु आवको तीन महिनामा कुल वस्तु आयात एक दशमलव सात प्रतिशतले बृद्धि भई चार खर्ब सात अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव दुई प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः दुई दशमलव चार प्रतिशत र ४२ दशमलव चार प्रतिशतले बृद्धि भएको छ भने अन्य मुलुकतर्फको आयात २२ दशमलव आठ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, एम. एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आवको तीन महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बृद्धि भई तीन खर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव एक प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात– आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव चार प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोड बराबरको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया