काठमाडौं। भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर उक्त सहयोग राशिको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
त्यसैगरी भूकम्प पीडितका लागि २ सय कार्टुन बिस्कुट र २ सय कार्टुन कन्फेल्क्सन पनि नेपाल पठाएको फाउन्डेशनका अध्यक्ष अशोक अग्रवालले बताए ।
त्यससँगै प्रभावित प्रदेशसम्म आफैं ढुवानी गर्नेगरी फाउन्डेसनले पाँच सय थान कम्बल समेत सहयोग गरेको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई कम्बलका नमुना हस्तान्तरण गरिएको थियो।
फाउन्डेसनले ट्रकमा लोड गरेर आजै सुर्खेत पुग्नेगरी कम्बल पठाइसकिएको जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया