काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसी-भैलो खेल्न पाइने

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसी-भैलो खेल्न पाइने भएको छ । राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

राति १ बजेसम्म देउसी खेल्दा मर्यादित भएर देउसी भैलो खेल्न काठमाडौं महानगरका प्रमुख बालेन शाहले अनुरोध गरेका छन् । महानगरले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?