शौर्य सिमेन्ट ईण्डष्ट्रिज लि. द्वारा “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०” को आयोजना

लोकपथ
14
Shares

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेश लाई लक्षित गरी “शौर्य मिथिला लोकचित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ ।

यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/ फेसबुक पेजको त्तच् ऋयमभ क्अबल गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाट्स एप नम्वर ९८०२३३५५८५ मार्फत पनि पठाउन सकिने छ ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/ न.पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमामिथिला चित्रकला क्यान्भास मा कोर्नु पर्ने छ ।

दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योग भित्र नै संचालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्ट उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । सहभागीहरुले बनाएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई रु. ७५,०००।–, दोस्रोस्थान प्राप्त गर्नेलाई रु. ५०,०००।–तेस्रोस्थान प्राप्त गर्नेलाई रु. २५,०००।–का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु. ५,०००।– उपलब्ध गराईने छ ।

यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेबसाईट र फेसबुक पेजमा गई उल्लेखित क्यु आर कोड को स्क्यान गरी फारम भर्न सकिन्छ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?