काठमाडौं । जाजरकोट–रुकुम पश्चिममा गएको विनाशकारी भूकम्प प्रभावितहरुको यतिबेला राहत र पुनस्र्थापनाको काम भइरहेको छ ।
गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दुु भएर गएको भूूकम्पमा परी ठूलो धनजनको क्षती भएको छ । देश तथा विदेशबाट राहत र पुनस्र्थापनाका लागि आर्थिक सहयोग संकलन भइरहेका छन् ।
पटकपटकको पराकम्पका कारण त्यहाँका सर्वसाधारणको मनस्थितीमा नकारात्मक असर पारिरहेको छ । राहत र पुनस्र्थापनाका लागि काम भइरहे पनि मनोसामाजिक परामर्शका लागि भने कुनै पहल हुन सकेको छैन ।
सो क्रममा मनोविश्लेषक बासु आचार्य जाजरकोटका गाउँगाउँमा पुगेर मनोपरामर्श गरिरहेका छन् । केही दिन अघि काठमाडौंबाट जाजरकोट पुगेका आचार्यले गाउँगाउँमा पुगेर त्यहाँका मानिसहरुको मनोभावना बुझ्दै परामर्श गरिरहेको जानकारी दिए ।
भूकम्प लगायत विभिन्न विपत्तीले मानिसहरुमा नकारात्मक असर पर्ने र त्यही नै पछि मानसिक समस्याको कारण बन्न सक्ने भन्दै आफूले लक्षित वर्गसँग परामर्श गरिरहेको बताए । तिनकुुनेमा आफैँले सञ्चालन गरेको मनोपरामर्श केन्द्रले त्यहाँका विभिन्न ठाउँमा पुगेर मनोपरामर्श गरिरहेको बताए ।
‘भूकम्प लगायत विपत्तीका कारण मानिसहरुमा मनोवैज्ञानिक असर स्वभावैले पर्दछ । त्यस्तो बेला उद्धार राहतको साथसाथै मनोपरामर्श पनि दिनुपर्ने हुन्छ । हामी केही दिन अघि त्यहाँ पुगेर परामर्श गरिरहेका छौँ’ उनले भने ।

अहिले खलंगा लगायतका ठाउँहरुमा मनोपरामर्श दिइरहेको र अब केही दिन नलगाड नगरपालिकाका विभिन्न ठाउँमा पुगेर मनोपरामर्श दिने कार्यक्रम रहेको उनले बताए । परिवारका सदस्यहरु गुमाएकाहरुमा स्वभावैले मनोवैज्ञानिक असर पर्ने भए पनि घरबार गुमाएकाहरुमा समस्याकै रुपमा मनोवैज्ञानिक असर नपरेको उनले बताए ।
‘यहाँ मनोवैज्ञानिक असर त देखिएको छ । तर विकराल रुप भने छैन । तर पनि भोलिका दिनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै हामी केही दिन यतै बसेर मनोपरामर्श दिनेछौँ ।’ उनले भने ।
अहिले मात्र होइन यसअघि २०७२ को भूूकम्प तथा अन्य विपत्तिका बेला पनि मनोपरामर्श गरेका थिए । यसअघि ०७२ को भूकम्पका बेला आचार्यले सिन्धुपाल्चोक, दोलखा लगायत भूकम्पका अति प्रभावित जिल्ला पुगेर मनोपरामर्श दिएका थिए । सो बेलामा काठमाडौंको टुँडिखेलमा क्याम्प नै सञ्चालन गरेर भूकम्प प्रभावित आम नागरिक र विशेषगरी बालबालिकामा पर्ने असर न्यूनिकरणमा भूमिका निर्वाह गरेका थिए । त्यसको साथै कोरोनाकालमा आम नागरिकमा परेको असर कम गर्न सामाजिक सञ्जालबाट परामर्श दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया