सवारी दुर्घटनामा सात जनाको मृत्यु 

लोकपथ
357
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा ग।२ च २७७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनाको शैलेश्वरी अस्पताल दिपायल डोटीमा उपचार भइरहेको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर र ४ जनाको मध्यम रहेको प्रहरीले जनाएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बिसहरिया पुल नजिक सडकमा स।२ प ८१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी बलान बिहुल गाउँपालिका–१ बस्ने २० वर्षीय अर्जुन राम र मोटरसाइकलमा सवार शिवकान्त राम रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये अर्जुनको छिन्नमस्ता अस्पताल राजबिराजमा र शिवकान्तको बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य १ जनाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।

त्यसैगरी सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवा चौकस्थित सडकमा मधेस प्रदेश ०१–००४ प ४५९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक हनुमाननगर कंकालनी नगरपालिका–१४ बिस्नपुर बस्ने ४० वर्षीय  विसेश्वर मेहताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजविराज सप्तरी हुँदै विराटनरसिहं होम अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?