उपकुलपति प्रा. डा. वास्कोटाको चारवर्षे कार्यकाल पूरा : शैक्षिक सुधारमा महत्वपूर्ण काम गरेको दाबी

लोकपथ
70
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्कोटाले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपकुलपति डाक्टर वास्कोटाले, चारवर्षे कार्यकाल पुरा गरेर घर फर्किदैँ गर्दा आफूले ‘१५ सूत्रीय त्रि.वि. सुधार योजना’ अघि सारी योजनाबद्ध तरिकाले कार्य सम्पादन गरेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले, आफ्नो कार्यकालमा प्रशासनिक सुशासन, शैक्षिक सुशासनमा जोड दिएको बताएका छन् । त्यस्तै उनले आफ्नो चारवर्षे कार्यकालमा विद्यार्थी वर्गलाई कलेजमा खेलकुदको व्यवस्था गरिएको, उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भएको परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण गरिएको र निश्चित शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना गरिएको र अनुसन्धानलाई प्राथमिकता दिएको जिकिर गरेका छन् ।

त्यस्तै उनले शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिश्पर्धाबाट छनोट गरि अधिकार सम्पन्न बनाउनु पर्ने, विश्वविद्यालयलाई द्रुततर सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्नेलगायतका विभिन्न सुझावहरु दिएका छन् ।

२०७६ साल कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री के. पि. शर्मा ओलीले वास्कोटालाई उपकुलपति पदमा नियुक्त गरेका थिए । उनी उपकुलपति नियुक्त भएको भोलि बिहिबार चारवर्ष पुरा हुदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?