सगरमाथा लुम्बिनी ईन्स्योरेन्सद्वारा मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि

लोकपथ
98
Shares

काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गरेको छ ।

कम्पनीले यही असोज २६ र २७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाइ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?