काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया