नुवाकोट। जिल्लाको बेलकोटगढी नगरपालिकाका उपमेयर एवम् नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव शिव दाहालले आफ्ना स्वर्गीय पिता नेत्र प्रसाद दाहालको स्मृतिमा अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका छन् ।
शुक्रबार बेलकोटगढी–८ स्थित श्री कल्याणी देबी माध्यमिक विद्यालयलाई अक्षयकोष स्थापनाका लागि ५० हजार सहयोग गरेका हुन् ।
विद्यालयद्वारा आज शुक्रबार आयोजित दशैँ तिहारको विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुँदै उपप्रमुख दाहालले सो अवसरमा ५० हजारौंको चेक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम स्वर्गीय पिता नेत्र प्रसाद दाहालको नाममा अक्षयकोष रहने गरि, जुनियर रेडक्रस सर्कल कल्याणी देवि माविको नाममा हस्तान्तरण गरिएको छ । कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष सुरेशालाल चित्रकार लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । दाहालले आफूले अध्ययन गरेको विद्यालयका लागि सहयोग गर्नपाउँदा खुसी लागेको बताए ।
उपमेयर दाहालले यसअघि आफ्ना पिताको स्मृतिमा देबीघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई पनि ५० हजार सहयोग गरेका थिए ।
उपमेयर दाहालले रेडक्रस जस्तो पवित्र संस्थालाई मानवीय कार्यका लागि केही सहज होस् भनेर सहयोग गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया