खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको १०१ वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो।

उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?