विश्व दृष्टि दिवस मनाइयो, नेत्रज्योतिको टिकटक प्रतियोगितामा पौडेल प्रथम

लोकपथ
28
Shares

काठमाडौं । ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने मुल नारा सहित नेपालमा पनि बिहीबार विश्व दृष्टि दिवस मनाइएको छ ।

नेपाल नेत्रज्योति संघले विगतमा जस्तै यो बर्षपनि आँखा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको हो । संघ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको आँखा जाँच सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईएको हो ।

संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो । प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?