बर्दिया । ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका(६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै भक्तपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया