जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

लोकपथ
441
Shares
file photo

लमजुङ । जिल्लाको मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?