काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले वैकल्पिक समाजवादको वकालत गर्ने दलहरुसँग बहस गर्ने निर्णय गरेको छ ।
गत माघ ३ गतेदेखि ११ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।
आज विप्लव समूहको विशेष पत्रकार सम्मेलनमा बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रकाण्डले सो कुरा बताएका हुन् ।
‘आजको राजनीतिक आर्थिक संकट, देशको जनचाहना विपरित लादिएको दलाल पुँजीपति वर्गको सत्ता र पुँजीवादी संसदीय व्यवस्थाको असफलताले पैदा भएको संकट । यसको अग्रगामी समाधान वैज्ञानिक समाजवादी सत्ता र व्यवस्था मात्र हो ।’ उनले भने, ‘यसका लागि पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने यद्यपी पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै अन्य राजनीतिक दलहरुसँग राजनीतिक रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको छ ।’
त्यसैगरी सो बैठकले ६ महिने योजनासहित कार्ययोजना समेत पेश गर्दै महासचिव विप्लव सी को समर्थनमा पारित भएको थियो ।
बैठकको निर्णयमा कम्युनिष्ट कलेज स्थापनासम्मको निर्णय भएको प्रकाण्डले जानकारी दिएका छन् ।
गत निर्वाचनमा पुराना राजनीतिक दलहरुप्रतिको आक्रोश जनताले नयाँ राजनीतिक दलहरुलाई रोजेर देखाएको विप्लव नेतृत्वको बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया