देउवालाई विपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट, भोलिको लागि पेशी तोकियो

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन मागसहित सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयलाई विपक्षी बनाइ रिट निवेदन परेको थियो । तर आज मात्रै उनको रिट दर्ता भएको हो । भोलि माघ २५ गतेका लागि उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छ ।

यसअघि उक्त रिट सर्वोच्चका रजिस्टारले गत माघ १८ गते दरपिठ गरिदिएका थिए ।

सरकारलाई विश्वासको मत दिएका कारण नेपाली कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको भन्दै संसद सचिवालयले गरेको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । साथै प्रमुख विपक्षी दलको नेताको हैसियतमा देउवाले पाउने सुविधा नदिन र सभामुखबाट उपयुक्त व्यक्तिलाई विपक्षी दलको नेता तोक्न परमादेश लागयतको आदेश माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?