राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?