काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

लोकपथ
169
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा बर्डफ्लू संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

ललितपुरको खुमलटारमा गत शुक्रबार संक्रमण पुष्टि भएपछि उक्त स्थानका कुखुराहरुलाई नष्ट गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै रामकोटको एक फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएपछि त्याहा भएका ४ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ ।

त्यस्तै, तारकेश्वरमा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?