काठमाडौं । चितवनका किसानहरू आन्दोलनमा उत्रिएका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनमा उत्रिएका किसानले काउली, बन्दा फर्सी टमाटर लगायतका तरकारी सडकमा उतारेर पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।
स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया