काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
बुधबार युवराज पौडेल (सफल) ले आयोगमा उजुरी दिँदै पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता अवैधानिक रहेको र सोही नागरिकताबाट पार्टी दर्ता गरेकाले हस्ताक्षर पनि अवैधानिक रहेको समेत जिकिर गरेका छन् ।
लामिछानेले ०७९ असार १७ गते दर्ता गर्दा प्रयोग गरेको नागरिकता सर्वोच्चले अवैधानिक ठहर गरेसँगै उनले पुनः नयाँ नागरिकता लिएका छन् । वैधानिक नागरिकता पाएपछि मात्रै सबै पदहरु कायम रहने भन्दै रास्वपाको दर्ता खारेजीको माग गरेका छन् ।
यसअघि लामिछानेको नागरिकता अवैधानिक रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया