काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।
सोमबार महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले उक्त प्रतिवेदन पेश गरेका हुन् ।
जसमा महान्यायाधिवक्ता कार्यालय र मातहतका कार्यालयबाट सम्पादन भएका कार्यको बारेमा समावेश गरिएको छ ।
महान्यायाधिवक्ता पोखरेलले महान्यायाधिवक्ता कार्यालयसँग ६४ वटा कानुनी राय माग गरिएकोमा ५७ वटा कानुनी राय प्रदान गरिएको उनले बताए ।
यस आर्थिक वर्षमा मुद्दा मामिलाको सन्दर्भमा कसुरको संख्या ४८ हजार ३७ रहेको छ । त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयबाट अभियोजन गरिएका मुद्दाको संख्या २९ हजार ६ सय ५ र जिल्ला सरकारी वकिलको कार्यालयबाट अभियोजन गरिएको १ हजार १ सय ३५ र विशेष सरकारी वकिलको कार्यालयबाट अभियोजन गरिएको मुद्दाको संख्या २ हजार ४ सय ३४ गरी कुल ३३ हजार २ सय ३६ मुद्दा रहेका छन् । त्यस्तै प्रतिवादी तर्फ ५९ हजार ७ सय ७७ मुद्दा रहेका प्रतिवेदनमा उल्लेख रहेको छ ।
त्यस्तै महान्यााधिवक्ता कार्यालय र मातहतका सरकारी वकिलको कार्यालयबाट बहस पैरवी गरिएका मुद्दा, रिट र निवेदनको संख्या १ लाख ११ हजार ३३ रहेको छ ।
विगत ५ वर्षको अवधिको तुलनामा यो संख्या ३८ दशमलव ५ प्रतिशतले वृद्धि भएको महान्यायाधिवक्ता पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया