काठमाडौं । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्पताल पुर्याएका छन् ।
डेरामा बस्दै आएका क्षेत्रीले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे पछि उनलाई बचाउने क्रममा घरबेटी संगीता सापकोटासमेत घाइते भएकी हुन् ।
उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।
केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया