काठमाडौं । बागलुङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
१७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जिवन बिक रहेका छन् ।
आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जिवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हाल उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया