भूकम्प : बाजुरामा ४ वटा घर भत्कियो

लोकपथ
63
Shares

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर भुकम्प जाँदा केही घरहरु भत्किएका छन् ।

भूकम्पले बढिमालिका वडा नं ७ र ९ मा २–२ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले लोकपथलाई जानकारी दिए । उनका अनुसार अन्य केही घरहरु चर्किएको विवरणहरु समेत आएका छन् ।

‘बढीमालिका–७ र ९ मा २–२ वटा घरहरु भत्किएका छन् । अन्य ठाउँहरुमा पनि घरहरु चर्किएको भन्ने जानकारी आएको छ ।’ उनले भने ।

यद्यपि कुनै पनि मानवीय क्षती भने भएको छैन ।

मंगलबार दिउँसो २ः४३ बजे बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पले टावरहरुमा क्षती पुर्याएको कारण अहिले टेलिफोन सम्पर्कमा समेत समस्या परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?