काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सम्हालेको मन्त्रालयले विभिन्न कामहरु संवेदनशील भएर काम गरिरहेको बताए ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
‘चाहे क्रसरको विषयमा होस् या फरार सांसदको विषयमा होस्, चाहे आन्दोलनरत आन्दोलनकर्मीका विषयमा हुन् गृह मन्त्रालय अत्यन्त संवदेनशील भएर काम गरिरहेको छ । नतिजा किन समय लाग्ने भएको छ भने राज्यका सबै संयन्त्रहरुलाई चलाइएको छ, गिज्याइएको छ ।’ उनले भने ।
वर्षौँ राजनीति गरेका दलहरुबाट अंगहरुलाई थिलोथियो पारिएको बताए । तर आफूले कामबाट त्यसको जवाफ दिने उनले बताए ।
‘राज्यका अंगहरु थिलो थलो थिलो पारिएको छ । म त्यसको प्रतिउत्तर भन्दा पनि काम गरेर संसदलाई देखाउनेछु ।’ गृहमन्त्री लामिछानेले बताए ।
संसदमा भएका बहसहरु प्रभावकारी हुन नसकेको समेत उनले बताए । हिजो आफूहरु सडकबाट बहस गर्ने गरेको बताउँदै अब सदनमै बसेर नयाँ तरिकाको बहस चलाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया