काठमाडौं । चितवन राष्ट्रिय निकुन्जमा दुईवटा गैंडा मारेको अवस्थामा भेटिएका छन् । निकुन्जको पश्चिम सेक्टरमा सिकारीले मारेको अवस्थामा शुक्रवार दुईवटा गैंडा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको अनुमान गरेको छ । मृत भेटिएका २ गैंडा मध्ये एउटा गैंडाको खागचोरी भएको छ । घटनाका बारेमा चितवन निकुन्जले अनुसन्धान शुरु गरेको बताएको छ ।
चितवन निकुन्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार शुक्रबार मारिएको माउपोथी र सानो गैंडा भाले हो । नेपालभर ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुन्जमा मात्रै हाल ६ सय ९४ गैंडा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया