समाजसेवी पौडेल र श्रेष्ठ सम्मानित

लोकपथ
35
Shares
??????????? ??? ??????????? ??????????? ???? ??????? ???????? ??????????? ???????? ??? ???????? ???? ???????? ?????? ?????? ?????? ??????????? ?????? ?????? ? ??????? ?????? ????/????

लेखनाथ । शिक्षिका तथा समाजसेवी शोभा पौडेललाई सानिमा स्मृति पुरस्कार र समाजसेवी विष्णुदेवी श्रेष्ठलाई २०७९ सालको सिद्धि–सेतुली स्मृति पुरस्कारले सम्मान गरिएको छ ।

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले उनीहरुलाई सम्मान गरेका हुन् । पुरस्कारको राशि जनही रू १५ हजार छ । प्रतिष्ठानले सामाजिक जागरणमा सेवा पु¥याएको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठ चितवनमा जन्मिएर हाल पोखरा–१४ चाउथेमा बस्दै आएका छन् । साथै लामो समयदेखि शैक्षिक सेवामा संलग्न रही अपाङ्गता भएकाहरूको सशक्तीकरणमा भूमिका खेलेको भन्दै शिक्षक पौडेललाई सम्मान गरिएको हो । पौडेल दृष्टिबिहीन हुन् ।

कार्यक्रममा सात जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आमन्त्रित व्यक्तित्व राष्ट्र बैंकका पूर्वगनर्भर क्षेत्रीले देशमा भ्रष्टाचारले जरा गाड्दै जानु दुःखद भएको बताए । राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुँदा समाजमा गलत परम्परा र विकृति फैलिएको उनको भनाइ छ ।

राजनीतिकै कारण समाज पनि भ्रष्टाचारतर्फ अघि बढेको उनको धारणा थियो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णप्रसाद बाँस्तोलाले एकल महिला र अपाङ्गता भएका व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान र सम्झना गरेको बताए ।

प्रतिष्ठानबारे जानकारी दिँदै संस्थापक संरक्षक विश्वरत्न शाक्यले संस्थाले विगत १२ वर्षदेखि बालशिक्षा कार्यक्रमलाई अघि सारेर असहाय बालबालिकाको शैक्षिक जागरणका लागि सहयोग जुटाउने कार्य गर्दै आएको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?