गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान शुरु

लोकपथ
35
Shares

काठमाडौं । एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान शुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान शुरु भएको हो ।

सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान शुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा. बद्री पोखरेलले राससलाई जानकारी दिए । पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ ।

विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दूका हातमा गीता होस् भनेर यो महाअभियान शुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहनुभएका पोखरेलले बताए ।

गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ । हाल महाअभियानमा १८ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?