हत्या अभियोगमा एक जना पक्राउ

लोकपथ
21
Shares

सुनसरी । धरान उपमहानगरपालिका–५ आपटार बस्ने ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बिकास भन्ने हर्कबहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईलाई समेत टाउकोमा खुकुरी प्रहार गर्दा घाइते भएकी उनको उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?