कांग्रेसले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रश्वात गरेको हो ? यसो भन्छन् लेखक

लोकपथ
259
Shares

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट्याएका हुन् । उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहो¥याए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिए ।

आफूहरु अहिले पार्टी संसदीय दलको भोली (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाई थियो । प्रमुख सचेतक लेखकले भने, ‘हामी यो समिकरण भत्काउने, नयाँ समिकरण बनाउने काममा लागेका छैनौं । हाम्रो भोली संसदीय दलको बैठक छ । त्यसपछि हामी २६ गते बिहान फेरी संसदीय दलको बैठक बस्छौं । र, सरकारलाई विश्वासको मत दिने प्रस्तावमा हाम्रो दलको धारणा हामी २६ गतेको बिहान सार्वजनिक गर्छौै । अहिलेलाई यहाँले भन्नु भएको जस्तो गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी हाम्रो आन्तरिक तयारीमा छौं । हामी अव यो नयाँ प्रतिनिधिसभामा पार्टीलाई एकतावद्ध, सशक्त रुपले कसरी अगाडि लिएर जान्छौं, हाम्रा भूमिकाहरु के हुन्छन ? त्यसमा केन्द्रित भएर आन्तरिक तयारीमा जुटिसकेका छौं । भोलीबाट हाम्रो पनि संसदीय दलको औंपचारिक बैठकहरु सुरु हुन्छन । अहिले पनि हामी आन्तरिक तयारी र गृहकार्य गरिरहेका छौं । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेछन् । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?