गृहमन्त्रीको नागरिकताबारे सर्वोच्चमा सुनुवाई हुँदै

लोकपथ
77
Shares
????????? ???????? ??? ?????????? ??? ???????? ?????? ????????????? ????? ????? ?????????? ? ??????? ???? ?????÷????

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

संवैधानिक इजलासमा कायममुकायम प्रन्या हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेका छन् ।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो ।

लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरि नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको हो ।

गत मंसिर २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको उक्त रिट पुष ६ गते संवैधानिक इजलासको पेसीमा चढ्दा विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि छलफलमा बोलाएको थियो ।

गृहमन्त्री लामिछानेमाथि त्यागी सकेको नेपाली नागरिकता प्रयोग गरी त्यसैबाट सबै काम गरेको आरोप रहेको छ ।

उनको सांसद पद खारेजीको मागसहित युवराज पौडेल (सफल) लगायतले सर्वोच्च अदालतमा रिट दर्ता निवेदशन दर्ता गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?