सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २७ गते विश्वासको मत लिने तय भएको छ ।

यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?