इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न

लोकपथ
0
Shares
Onfsf k|x/L sfof{no ejg p¢f6g kfFry/, !& k’; M kfFry/sf] lxlnxfª ufpFkflnsf–! efn’rf]sdf gjlgld{t Onfsf k|x/L sfof{no cd/k’/sf] ejg p¢f6g ub}{ ! g+ k|b]z k|x/L k|d’v k|x/L gfoj dxflg/LIfs ;’bLk lu/L . kfFr /f]kgL If]qkmndf !% sf]7f ePsf] c9fO{ tn] k|x/L sfof{no ejg cfGtl/s dfldnf tyf sfg’g dGqfno k|b]z g+ ! sf] ? Ps s/f]8 *# nfv ** xhf/sf] nfutdf lgdf{0f ;DkGg ePsf] xf] . tl:a/ M /jLG› sfˆn]÷/f;;

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरे ।

रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन् । सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे । विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ । भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?