महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा

लोकपथ
21
Shares
Rai enjoys some down time in this April 2016 portrait.

काठमाडौं । युवा महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा गरिएको छ । एक्सचेञ्ज एण्ड इम्पावरमेन्ट र मिरा राई इनिसिएटिभको संयुक्त आयोजनामा आज गोकर्णेश्वर नगरपालिकाका कलाकार, पत्रकार र खेलाडीको सहभागितामा १४ किलोमिटरको पैदल यात्रा गरिएको हो ।

धावक मिरा राईले प्रतिभा भएर पनि अवसरबाट बञ्चित खेलाडीलाई सहयोग गर्न यस कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘मैले भोगेका चुनौती भाइबहिनीले भोग्नु नपर्ने अवस्था सिर्जना गर्न मैले सक्दो पहल गरिरहेकी छु । यस कार्यक्रमले उहाँहरूलाई थप सहयोग मिल्ने विश्वास छ ।’

उनले मिरा राई इनिसिएटिभमार्फत टे«ल रनिङमा आउन चाहने र सम्भावना बोकेका खेलाडीलाई अवसर र तालिम दिने गरेको बताइन् । ‘अहिलेसम्म २१ खेलाडीलाई तालिम दिएका छौँ । गत वर्षमात्रै चार जनालाई सहयोग गर्न सक्यौँ । उहाँहरूलाई अन्तर्राष्ट्रिय खेलसम्म पु¥याउन सेतुको काम गरिरहेका छौँ’, उनले भनिन् ।

पैदल यात्रामा सहभागी कलाकार दयाहाङ राईले खेल महिला धावकलाई प्रोत्साहन दिन सबैले पहल गर्नुपर्ने बताए । उनले भने, ‘मिरा राईले आफ्नो खेल क्षेत्रमा बटुल्नु भएको ज्ञान र अनुभव अन्य खेलाडीमा बाँड्ने अभियान प्रशंसनीय छ । खेल क्षेत्र र खेलाडी सँगसँगै हामीले पनि सहभागिता र समर्थन गर्न पाउँदा खुसी छौँ ।’

उनले खेलाडीलाई प्रोत्साहन मिल्ने अन्य कार्यक्रममा पनि आफू इच्छुक रहेको बताए । एक्सचेञ्ज एण्ड एमपावर हङकङस्थित परोपकारी संस्थाले मिरा राईको सहकार्यमा साझेदारीमा नेपालका प्रतिभाशाली युवा महिला धावकलाई सक्षम बनाउन अवसर प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?