काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्यगोष्ठीका अवसरमा आज समसामयिक विषय र जनजीवनका दुःख पीडा कवितामा व्यक्त गरिएको छ ।
मुलुकमा गणतान्त्रिक परिवर्तन भए पनि राजनीतिक अस्थिरता र विकृति विसङ्गतिका कारण जनताले सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको तर्फ स्रष्टाले सिर्जनाका माध्यमबाट चिन्ता जाहेर गरेका छन् ।
कार्यक्रममा समालोचक उपप्राध्यापक डा गीता त्रिपाठीले विद्यमान बजारीया र ह्रासोन्मुख परिवेशको आकर्षण बढिरहेका समयमा स्रष्टाले सत्तालाई सही बाटोमा ल्याउन रचनात्मक दबाब दिन सक्ने टिप्पणी गरे ।
उनले वाचित कवितामा सीमान्तकृत समुदायका आवाजले स्थान पाएको बताए । कार्यक्रममा दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, सुशीला शर्मालगायतले कविता वाचन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया