काठमाडौं । समृद्धि फाइनान्सले बुधवार बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा नम्बर ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तर्गत २६ जना विद्यार्थीलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीमती निशा देवी मानन्धरको उपस्थितिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
फाइनान्सले ३ महिनाको मुद्घति निक्षेपमा सर्वाधिक १३ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने मुद्घति निक्षेप योजना र यसका साथ–साथै फाइनान्सले आठ वर्ष नौं महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष छ महिनामा पैसा आठ गुणा हुने मुद्घति निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया