अपाङ्गतामैत्री मतदान केन्द्रको निर्माणबारे छलफल सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । तनहुँमा अपाङ्गमैत्री मतदान केन्द्रको निर्माणबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार (आज) सहृदयी मञ्च तनहुँ नेपालको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

तनहुँमा अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुको सहभागितामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउने भन्ने विषयमा निर्वाचन कार्यालय तनहुँका कार्यालय प्रमुख हरि प्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणालि, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्रको निर्माण लगायतका बिषयमा छलफल भएको बताइएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नको लागि सवारी पासलगायत निर्वाचनमा खटिने अपाङ्गता भएका कर्मचारीहरुको विषयमा छलफल भएको हो । साथै व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ का मतदान केन्द्र अपाङ्गतामैत्री भएनभएको स्थलगत अवलोकन समेत गरिएको छ ।

उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ नेपालको अध्यक्ष सावित्री सुवेदी, सचिव कृष्ण थापा, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बास्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तिकरण समाज तनहुँको सदस्य जानुका खनाललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?