के छन् आज देश विदेशका मुख्य समाचार ? (भिडियोसहित)

लोकपथ
84
Shares

१. विप्लव नेतृत्वको नेकपासहित ४ दलले आव्हान गरेको नेपाल बन्दको देशभर आंशिक प्रभाव, देशका विभिन्न स्थानमा तोडफोड, दर्जनौं आन्दोलनकारी पक्राउ ।

२. पूर्वमुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा सरकारले गर्यो ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन, आयोगले राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्नुपर्ने ।

३. नेकपा एमालेको निर्वाचन केन्द्रित बैठक आजबाट सुरु, अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन, मापदण्ड, घोषणापत्र र चुनावी रणनीतिका बारेमा छलफल ।

४. ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, कास्कीमा प्रदीप पौडेल, काठमाडौंमा जितजंग बस्नेत र गुल्मीको जिम्मेवारी देवेन्द्रराज कँडेललाई ।

५. आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउने जिकिर ।

६. काठमाडौंको फोहोर व्यवस्थापन गर्न सहजिकरण तथा अनुगमन समिति गठन, समितिमा काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यसमेत सम्मिलित रहने ।

७. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक प्रतिनिधि सभामा प्रस्तुत, विधेयक पीडितलाई न्याय दिने भन्दा पनि पीडकलाई उन्मुक्ति दिने किसिमको रहेको भन्दै कड्किए प्रेम सुवाल ।

८. तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा सप्तरीमा स्थानीय र प्रहरीबीच झडप, ३ राउण्ड हवाइ फायर, केही प्रहरी र स्थानीय घाइते ।

९. नेपाल सरकारले हटायो ट्रान्जिटमा लगाएको प्रतिबन्ध, अब विदेशी नागरिक नेपाली विमानस्थलमा अवतरण गरी तेस्रो मुलुक जान पाउने ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुग्यो ।

११. मंगलबार सेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक १ दशमलव ८५ अंकले वृद्धि हुँदा १ अर्ब ३३ करोडभन्दा बढीको कारोबार ।

१२. फिलिपिन्समा कोरोना महामारी सुरु भएसँगै बन्द भएका विद्यालय २ वर्षपछि खुले, लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थीहरुमा उत्साह ।

१३. अदालत बोलाउन माग गर्दै एलन मस्कले दिए ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी, फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप ।

१४. माउन्ट एभरेष्ट तेक्वान्दोको तेस्रो संस्करण असोज पहिलो साता हुने, गण्डकी प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने अनुमान ।

१५. अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा यथावत, २० राष्ट्र सहभागी वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, २०औँ स्थानमा पपुवा न्युगिनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?