माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, यी हुन् पदाधिकारीको सूची

लोकपथ
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेका छन् । पार्टी कार्यालयमा जारी बैठकमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव पेश गरेपछि छलफल जारी रहेको छ ।

यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची : 

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?